तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'हामीले हिमाल चोखो राख्न सकेनौँ': सगरमाथा 'जोगाउन' कामिरिता शेर्पाको यस्तो सुझाव
सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा 'पहिलो पाइला' टेकेको स्मरणमा शुक्रवार अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ।
शेर्पा र हिलारीको पाइला पछ्याउँदै अहिलेसम्म १० हजारभन्दा बढी मानिसले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ।
यसपालि वसन्त याममा नेपालतरिबाट झन्डै ४९५ जनाले सगरमाथा आरोहण गर्ने अनुमति लिएका थिए। तीमध्ये १०५ जना महिला हुन्।
सगरमाथामा सर्वाधिक ३२ पटक पुगेका सोलुखुम्बुका ५६ वर्षीय कामिरिता शेर्पा सगरमाथामा मानिसहरूको बढ्दो चाप र फोहोरप्रति चिन्तित छन्।
बेलाबेलामा आरोहीहरूको घुइँचो घटाउनुपर्ने वा सगरमाथालाई केही समयका लागि विश्राम दिनुपर्ने माग उठ्ने गरेको छ। कामिरिता शेर्पा चाहिँ सगरमाथालाई पूर्ण रूपमा विश्राम दिनुभन्दा पनि आरोहण गर्न दिइने अनुमतिको सीमा घटाउनुपर्ने तथा सगरमाथा आरोहण गर्नुअघि ७,००० मिटरभन्दा अग्लो हिमाल चढेको अनुभव भएकै हुनुपर्ने सुझाव दिन्छन्।
उनीसँगको कुराकानीका आधारमा कमल परियारले बनाएको भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।