सर्बियाको संसद्‌भित्र झडप, सांसदहरूले नै प्रहार गरे 'स्मोक बम'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
सर्बियाको संसद्‌भित्र झडप, सांसदहरूले नै प्रहार गरे 'स्मोक बम'
Published

सर्बियाको संसद्‌मा विपक्षी सांसदहरूले मङ्गलवार संसद्‌भित्र धुँवा निस्किने 'स्मोक ग्रिनेड' प्रहार गरेपछि कोलाहल भयो।

टीभीमा संसद्‌को बैठकको प्रत्यक्ष प्रसारण भएको थियो। त्यसमा सांसदहरू र सुरक्षाकर्मीबीच झडप भएको देखियो। विपक्षी सांसदहरूले विद्यार्थीहरूले केही महिनादेखि गर्दै आएको विरोधप्रदर्शनको समर्थन गर्न खोजेका थिए।

चार महिनाअघि एउटा रेल स्टेशनको छाना खसेर १५ जनाको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन्। उनीहरूले देशमा भ्रष्टाचार बढेको भन्दै सरकारलाई चुनौती दिँदै आएका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।