७० मिटर गहिरो इनारमा खसेका बालकको ज्यान जोगाउन अर्का बालक भित्र जानुपर्यो
७० मिटर गहिरो इनारमा खसेका बालकको ज्यान जोगाउन अर्का बालक भित्र जानुपर्यो
Published
अफगानिस्तानमा ७० मिटर गहिरो इनारमा खसेका बालकलाई दुई दिनपछि बल्ल उद्धार गर्न सकियो।
इनार साँघुरो भएकाले अरू उद्धारकर्ता भित्र छिर्न नसकेपछि ११ वर्षीय हजरतलाई तल ओरालेर पाँचवर्षे जैनुल्लाहको शरीरमा डोरी बाँध्न लगाइयो।
बाहिर निकाल्दा जैनुल्लाह निकै डराएको अवस्थामा थिए। उनी इनारभित्र चिसोमा कठ्याङ्ग्रिएका पनि थिए।
यो घटना खडेरीका कारण मानिसहरू पानीको जोहो गर्न निकै गहिरा इनारहरू खन्न बाध्य हुनुपरेको अवस्थासँग पनि सम्बन्धित छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



