न्यूयोर्कमा विमान र दमकल ठोक्किँदा दुई विमानचालकको मृत्यु

भिडिओ क्याप्शन सुरु हुँदैछ, न्यूयोर्कमा विमान र दमकल ठोक्किँदा दुई विमानचालकको मृत्यु
न्यूयोर्कमा विमान र दमकल ठोक्किँदा दुई विमानचालकको मृत्यु
Published

एअर क्यानडाको एउटा विमान संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित लग्वार्डिआ विमानस्थलमा एउटा दमकलसँग ठोक्किन पुग्दा दुई विमानचालकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मोन्ट्रिओलबाट आएको उक्त विमानमा ७२ यात्रु र चालकदलका चार जना सवार थिए। अधिकारीहरूका अनुसार तीमध्ये केही व्यक्ति घाइते भएका छन्। दमकलमा भएका दुई जनालाई पनि अस्पताल लगिएको र र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।

दुर्घटनाका कारण सीआरजे ९०० मोडलको उक्त विमानमा क्षति पुगेको देखिन्छ।

न्यूयोर्क सिटीको पूर्वीभागमा अवस्थित लग्वार्डिआ विमानस्थल अमेरिकामा निकै व्यस्त विमानस्थलमध्ये पर्छ। विगत १२ महिनामा तीन करोड २० लाखभन्दा बढी यात्रुले उक्त विमानस्थल प्रयोग गरेको तथ्याङ्कले देखाउँछ।

त्यहाँबाट प्रायः आन्तरिक उडानहरू हुन्छन्। यद्यपि क्यानडा र क्यारिबीअन क्षेत्रतिर जाने विमानहरूले पनि उक्त विमानस्थल प्रयोग गर्छन्।

यो घटनापछि उक्त विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।