फुटबल खेल्न एउटा टोलीबाट किन ११ खेलाडी मैदानमा जान्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
फुटबल खेल्न एउटा टोलीबाट किन ११ खेलाडी मैदानमा जान्छन्
Published

अहिले फुटबल 'फ्यान'हरू फिफा विश्वकप २०२६ हेरेर रमाउँदै छन्। अन्य फुटबल प्रतियोगितमा जस्तै विश्वकपमा पनि सहभागी टोलीहरूबाट ११-११ खेलाडीहरू मैदानमा जान्छन्।

यो नियम उन्नाइसौँ शताब्दीदेखि अपरिवर्तित छ।

फुटबल टोलीमा ११ खेलाडी राख्ने चलन इङ्ग्ल्यान्डबाट सुरु भएको हो। त्यति बेला आधुनिक फुटबलका नियमहरूलाई व्यवस्थित गरिँदै थियो।

डेढ सय वर्षभन्दा बढी समय बितिसक्दा पनि एउटा टोलीबाट ११ खेलाडीले मात्र मैदानमा ओर्लिन पाउने नियमले निरन्तरता पाएको छ। तर ११ खेलाडी नै किन? हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।