तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दक्षिण कोरियामा चिडियाखानाबाट भागेको ब्वाँसो खोज्न ३०० जना
दक्षिण कोरियामा गत साता बुधवार एउटा चिडियाखानाबाट भागेको ब्वाँसो खोज्न अधिकारीहरूले ठूलो अभियान सञ्चालन गरेका छन्। त्यसमा ३०० जना सहभागी भएको अनि थर्मल क्यामरा र ड्रोन प्रयोग गरिएको बताइएको छ।
देशको मध्यभागमा अवस्थित डेजोन सहरको चिडियाखानाबाट भाग्न उक्त दुईवर्षे भाले ब्वाँसोले बारमुनि खनेको थियो।
कोरिया वन्यजन्तु संरक्षण सङ्घले उपलब्ध गराएको थर्मल इमेजिङ भिडिओमा उक्त ब्वाँसो चिडियाखानानजिकै रहेको जङ्गलतिर गएको देखिएको समाचारसंस्था रोएटर्सले जनाएको छ।
दक्षिण कोरियाका राष्ट्रपतिले उक्त ब्वाँसोका कारण मानिसहरूलाई हानि नपुगोस भनेर कामना गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।