तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मेलानिया ट्रम्पद्वारा एप्स्टीनले डोनल्ड ट्रम्पसँग आफ्नो भेट गराएको भन्ने दाबी खण्डन
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले जेफ्री एप्स्टीनसँग आफ्नो कहिल्यै कुनै सम्बन्ध नभएको बताएकी छन्।
उनले एप्स्टीनसँग नाम जोडेर आफूमाथि लाञ्छना लगाउने काम तत्काल बन्द हुनुपर्ने सञ्चारकर्मीहरूलाई ह्वाइट हाउसमा बताइन्। बिहीवार अनपेक्षित रूपमा बोल्दै उनले एप्स्टीनबाट पीडित महिलाहरूका लागि संसदीय सुनुवाइ हुनुपर्ने माग पनि राखिन्।
अन्लाइन माध्यममा "एप्स्टीनले मेलानियालाई डोनल्ड ट्रम्पसँग चिनाइदिएका थिए" भन्ने आशयका चर्चालाई उनले आफूलाई "बदनाम गर्ने छुद्र प्रयास" को सङ्ज्ञा दिइन्।
अमेरिका सरकारले केही महिनाअघि एप्स्टीनका विषयमा गरेको अनुसन्धानका लाखौँ दस्ताबेजहरू सार्वजनिक गरेको थियो। त्यसपछि ती दस्ताबेजमा उल्लिखित प्रभावशाली व्यक्ति र धनाढ्यहरूबारे धेरैको चासो बढेको पाइन्छ। नाम उल्लेख हुँदै उनीहरूले अपराध गरेका थिएन भन्ने अर्थ लाग्दैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।