लन्डनमा जब सेनाका पाँचवटा घोडा बिच्किएर भागे

भिडिओ क्याप्शन सुरु हुँदैछ,
Published

मध्यलन्डनमा एप्रिल २४ बुधवार बिहान सेनाका पाँचवटा घोडाहरू भागे। भागेको झन्डै दुई घण्टापछि तिनलाई फेरि नियन्त्रणमा लिइयो।

यो घटनामा कम्तीमा चार जना घाइते भए।

बकिङ्गम दरबारनजिकै निर्माणको काम भइरहेको ठाउँबाट आएको आवाजका कारण घोडाहरू बिच्किएको ठानिएको छ। तिनले घोडचढी पनि खसालिदिएका थिए।

ती घोडा 'हाउसहोल्ड क्याभल्री'का हुन्। उक्त एकाइ सन् १६६० देखि ब्रिटिश राजा र रानीको सुरक्षामा खटिँदै आएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।