७०,००० भन्दा बढी ड्रोन उडाएर नयाँ कीर्तिमान

भिडिओ क्याप्शन सुरु हुँदैछ,
७०,००० भन्दा बढी ड्रोन उडाएर नयाँ कीर्तिमान
Published

संयुक्त राज्य अमेरिकाको टेक्ससमा तीन दिनसम्म ७१,२०७ वटा ड्रोन उडाएर नयाँ विश्वकीर्तिमान बनाइएको छ।

'गिनिज वर्ल्ड रेकर्ड्स'ले यो प्रदर्शनीलाई एक सातामा सर्वाधिक ड्रोन उडाइएको मान्यता दिएको छ। यसअघि ५५,९३९ वटा ड्रोनले त्यस्तो कीर्तिमान बनाएका थिए।

यो प्रदर्शनीमा काल्पनिक जीवको ड्रोनद्वारा निर्मित सबैभन्दा ठूलो हवाई आकृतिको गिनिज वर्ल्ड रेकर्ड पनि बनेको छ। त्यसका लागि १०,१८३ वटा ड्रोन प्रयोग भएका थिए। यसअघि त्यस्तो कीर्तिमान बनाउन २,२४७ वटा ड्रोन प्रयोग भएका थिए।

यी दुवै रेकर्ड अमेरिकी कम्पनीहरू 'स्काई एलिमन्ट्स ड्रोन शोज' र 'डाम्योडा अमेरिका'ले बनाएका हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।