भालुले पुस्तकालय पसेर कर्मचारीका खाजा खाइदियो र कोठाकोठा चाहार्यो
एउटा कालो भालु क्यालिफोर्नियास्थित एक पुस्तकालयभित्र खोल्ने समयअगावै छिर्यो।
आश्चर्यजनक संयोग : एउटा लोकप्रिय भालु चरित्रमा आधारित बाल पुस्तक विनी-द-पू १०० वर्षअघि छापिएकै दिन यस्तो घट्ना भयो।
मोनो काउन्टी फ्री लाइब्रेरीज भन्ने संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पुस्तकालयभित्र छिर्नेबित्तिकै भालु सीधै कर्मचारीहरूको खाजातिर लागेको थियो। त्यहाँ एक सिसी मह पनि थियो।
यो अनपेक्षित पाहुनाले किताब चलाएन। बन्द पुस्तकालयभित्र भालु कसरी छिर्यो भन्ने स्पष्ट छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



