सगरमाथाः ‘पर्वतारोहणकै क्रममा तिब्बतमा पतिको ज्यान गयो, आठ वर्ष भयो शव ल्याउन सकिएन’

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘आठ वर्ष भयो पैसा नभएर श्रीमान्‌को शव सगरमाथाबाट ल्याउन सकिनँ'
Published

दशौँ पटक सगरमाथा चढेर फर्किने क्रममा नामगेल शेर्पाको सन् २०१३ मा तिब्बतपट्टि मृत्यु हुनगयो। उनको परिवारले अहिलेसम्म शेर्पाको शव ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन।

शव ल्याउन पटकपटक पहल गरिएको भए पनि आर्थिक अभावका कारण सम्भव हुन नसकेको उनकी पत्नी डोमा शेर्पा बताउँछिन्।

पतिको मृत्यु भएपछि आर्थिक समस्याले आफू विदेशिएकी बताउने डोमा अहिले काठमाण्डूमा चियापसल चलाएर जीविकोपार्जन गर्छिन्।

आफूले कष्टकर आठ वर्ष बिताएको बताउने डोमा अझै पतिको शव नेपाल ल्याउने आशा मरिनसकेको बताउँछिन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि