पेरूको मरुभूमिमा बिरालोको दुई हजार वर्ष पुरानो रेखाचित्र फेला पर्‍यो

पेरू बिरालो
Published

विश्राम गर्न बसेको बिरालोको एउटा आकृति पेरूको नाज्का मरुभूमिमा फेला परेको छ।

यूनेस्कोको विश्व सम्प्दा सूचीमा परेको नाज्का लाईन्समा भुइँमा झन्डै दुई शताब्दीअघि बनाइएका अनेकौँ रेखा र आकृतिहरू छन्।

नाज्का मरुभूमिको भुइँमा खाल्डो खनेर रङ्गीन माटो बाहिरबाट देखिनेगरी विभिन्न जीवका आकृतिहरू बनाइएको वैज्ञानिकहरूको धारणा छ।

अहिले फेला परेको बिरालोको आकृतिमा पहिला कसैको दृष्टि परेको थिएन। दृश्यावलोकन गर्ने ठाउँसम्म जान एउटा नयाँ बाटो बनाउन योजना निर्माण गर्ने क्रममा उक्त आकृति फेला परेको हो।

प्रस्तावित दृश्यावलोकन स्थलबाट पर्यटकहरूले भुइँमा बनाइएका त्यस्ता अनेकौँ आकृतिहरू देख्न सक्छन्।

Presentational grey line
Presentational grey line

पेरूको संस्कृति मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ, "उक्त आकृति अलिअलि मात्र देखिन्थ्यो र मेटिने क्रममा थियो। किनभने त्यो र प्राकृतिक क्षयको जोखिम भएको भिरालो ठाउँमा छ।"

मन्त्रालयका अनुसार उक्त ३९ मिटर लामो उक्त आकृतिलाई गत साता सफा पारेर संरक्षण गरिएको हो।

भुइँमा बनाइएका अधिकांशमा आकृतिमा विभिन्न जीवको चित्रण गरिएको छ
तस्बिरको क्याप्शन, भुइँमा बनाइएका अधिकांशमा आकृतिमा विभिन्न जीवको चित्रण गरिएको छ

नाज्का लाईन्स हेर्ने जिम्मेवारी पाएका पेरूका प्रमुख पुरातत्त्वविद् जोनी इस्लाले एफे समाचारसंस्थालाई बताएअनुसार बिरोलोको आकृति नाज्का संस्कृतिभन्दा पुरानो हो।

नाज्का संस्कृतिमा अधिकांश आकृतिहरू सन् २०० देखि ७०० सम्म बनाइएको विश्वास गरिन्छ।

अहिले फेला परेको बिरालोको आकृति इसापूर्व ५०० देखि सन् २०० को बीचमा पाराकास कालमा बनाइएको इस्लाको निष्कर्ष छ।

उनका अनुसार कलाको शैली तुलना गरेर त्यो पत्ता लगाइएको हो।

पाराकास कालमा कपडामा चरा, बिरालो, मानिस बनाइने गरेको र यी आकृतिहरूजस्तै हुने गरेको उनको भनाइ छ।