चीनमा बुद्धको भीमकाय मूर्तिको पाउसम्म बाढी

लेशन बुद्ध
Published

सन् १९४० को दशकपछि आएको सबैभन्दा ठूलो बाढीले मध्यदक्षिण चीनस्थित बुद्धको एउटा भीमकाय मूर्तिको पैतलासम्म पुगेको छ।

उक्त मूर्ति ७१ मिटर अग्लो छ। सच्वान प्रान्तको चङ्दुनजिकै एउटा पहरामा आठौँ शताब्दीमा बनाइएको उक्त मूर्ति यूनेस्को सम्पदा सूचीमा समाविष्ट छ।

नदीमा पानीको सतह प्रायः मूर्तिभन्दा धेरै तल हुन्छ। तर अहिले उक्त क्षेत्रमा ७० वर्षकै सबैभन्दा नराम्रो बाढी आएको छ।

उक्त क्षेत्रबाट एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

बुद्धको मूर्ति पर्यटकीय आकर्षण बनेको छ। याङ्त्सी नदी र थ्री गोर्जेजमा उक्त क्षेत्र हुँदै डुङ्गायात्रा गराइन्छ।

सरकारी सञ्चारमाध्यमले नदीमा पानीको सतह बढेपछि दर्जनौँ पर्यटकहरूलाई उद्धार गरिएको बताएका छन्।

लेशन बुद्ध
पर्यटक र श्रद्धालुहरू डुङ्गा चढेर मूर्ति भएको ठाउँसम्म जान्छन्
तस्बिरको क्याप्शन, पर्यटक र श्रद्धालुहरू डुङ्गा चढेर मूर्ति भएको ठाउँसम्म जान्छन्
सन् १९४९ मा बुद्धको विशाल मूर्तिको खुट्टाका औँलासम्म पानी पुगेको थियो। प्रत्येक औँला एक जना मानिसजत्रा छन्।
तस्बिरको क्याप्शन, सन् १९४९ मा बुद्धको विशाल मूर्तिको खुट्टाका औँलासम्म पानी पुगेको थियो। प्रत्येक औँला एक जना मानिसजत्रा छन्
तर गत हप्ता मूर्तिको पीँधसम्म पानी पुग्यो र पानीको सतह बढिरह्यो
तस्बिरको क्याप्शन, तर गत हप्ता मूर्तिको पीँधसम्म पानी पुग्यो र पानीको सतह बढिरह्यो

सिन्ह्वा समाचारसंस्थाका अनुसार बुद्धको पाउमा पानी पुग्दा चङ्दु डुबानमा पर्ने स्थानीय मान्यता छ।

सच्वान प्रान्तमा केही हप्तादेखि ठूलो वर्षा भइरहेको छ। तत्काल वर्षा रोकिने सम्भावना नभएको बताइन्छ।

जोखिममा परेका क्षेत्रहरूबाट मानिसहरूलाई अन्यत्र सार्न थालिएको छ
तस्बिरको क्याप्शन, जोखिममा परेका क्षेत्रहरूबाट मानिसहरूलाई अन्यत्र सार्न थालिएको छ

विभिन्न नदीका तटमा बाढी र पहिरोको चेतावनी दिने प्रणाली सक्रिय बनाइएको छ।

चुन्चिङमा यो वर्ष बाढीले धेरै चोटि दुःख दिइसकेको छ
तस्बिरको क्याप्शन, चुन्चिङमा यो वर्ष बाढीले धेरै चोटि दुःख दिइसकेको छ

याङ्त्सी नदीबाट जलविद्युत् निकाल्न बनाइएको थ्री गोर्जेज ड्यामबाट ठूलो परिमाणमा पानी आउन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।

त्यसबाट चुन्चिङसहित विभिन्न स्थान डुबानमा पर्न सक्ने बताइएको छ।

सबै तस्बिरहरूको सर्वाधिक सुरक्षित छ।