अफगानिस्तान द्वन्द्व: तालिबान र सरकारी सेनाबीच फेरि लडाइँ, शान्तिवार्ताप्रति सन्देह

तालिबान
Published
पढ्ने समय: २ मिनेट

तालिबानले अफगान सेनासँग आंशिक रूपमा युद्धविराम भङ्ग गरेपछि अफगानिसस्तानमा पुन: लडाइँ सुरु भएको छ। त्यसबाट आगामी साता हुने भनिएको शान्तिवार्ताप्रति सन्देह उत्पन्न भएको छ।

अधिकारीहरूका अनुसार १६ भन्दा बढी प्रान्तमा दुई पक्षबीच सङ्घर्ष भएको छ। त्यहाँ भएका घटनामा आठ विद्रोही, छ सामान्य नागरिक र आठ सुरक्षाकर्मीको ज्यान गएको बताइन्छ।

अफगान सरकारले तालिबानले स्थानीय स्तरमा पुन: आक्रमण सुरु गरेको २४ घण्टामा २० जनाको मृत्यु भएको जनाएको छ।

यसैबेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक तालिबान नेतासँग "धेरै राम्रो कुराकानी" भएको बताएका छन्।

गत सप्ताहान्तमा अमेरिका र तालिबानबीच भएको शान्ति सम्झौतापश्चात् उनीहरूबीच टेलिफोनमा कुराकानी भएको हो।

ट्रम्प

कुराकानीमा के भयो?

तालिबानका एक प्रवक्ताले अमेरिकी राष्ट्रपति र मुल्ला अब्दुल गनी बरादरबीच आधा घण्टाभन्दा लामो कुराकानी भएको बताए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

उनले दुवै नेताले अफगानिस्तानमा शान्ति स्थापना गर्ने इच्छा व्यक्त गरेको जानकारी दिए।

तालिबानका अनुसार ट्रम्पले आफ्ना विदेशमन्त्री माइक पोम्पेओलाई अफगान राष्ट्रपति अशरफ गनीसँग कुराकानी गर्न लगाउनेछन्।

त्यसो गर्दा अफगान सरकार र तालिबानबीच वार्ता सुनिश्चित हुने र शान्ति सम्झौताअनुसार योजना बनाउन सकिने उसको भनाइ छ।

कैदी आदानप्रदान गर्ने विषयमा विद्यमान विवादले उक्त सम्झौतामाथि प्रश्न उठेको छ। त्यसमा अफगान सरकार प्रत्यक्ष रूपमा संलग्न छैन।

विवाद किन?

सम्झौताअनुसार आगामी मार्च १० सम्ममा झन्डै ५,००० तालिबान कैदी र १,००० अफगान सुरक्षाकर्मी आदानप्रदान गरिनेछ।

तालिबान र अमेरिकाबीच शान्ति सम्झौता हुनुअघि अफगानहरू खुसी भएका थिए
तस्बिरको क्याप्शन, तालिबान र अमेरिकाबीच शान्ति सम्झौता हुनुअघि अफगानहरू खुसी भएका थिए

सोही मितिमा तालिबान र अफगान सरकारबीच वार्ता सुरु हुन लागेको छ।

तर अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आइतवार आफ्नो सरकार त्यसमा सहमत नभएको बताएका छन्।

सोमवार तालिबानले यदि कैदीहरू रिहा नभए वार्ता सुरु नहुने बताएको छ।

तालिबानले अफगान अधिकारीहरूसँग भेट्ने तर कैदीहरूको रिहाइबारे मात्र कुराकानी गर्ने बताएको छ।