अस्ट्रेलियामा डढेलो फैलियो, हजारौँ मानिस भागेर समुद्री तटमा शरण लिँदै

म्यालकूटा
Published
पढ्ने समय: २ मिनेट

अस्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएपछि हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन्।

भिक्टोरियामा एउटा डढेलो तटीय सहर म्यालकूटातर्फ फैलिँदै गर्दा धुवाँ र खरानीले घरहरू ढाकिएका छन्।

स्थानीय बासिन्दाहरूले समुद्रको किनारमा सीमित सामग्रीको भरमा रातो आकाशमुनि रात बिताउनुपरेको बताएका छन्।

यसैबीच अधिकारीहरूले न्यू साउथ वेल्समा दुई जनाको मृत्यु भएको पुष्टि गरेपछि डढेकोका कारण अस्ट्रेलियामा ज्यान गुमाउनेहरूको सङ्ख्या १२ पुगेको छ।

सिड्नी र मेल्बर्नको बीचमा पर्ने कतिपय बिदा मनाउने स्थानहरू डढेलोका कारण बन्द भएका छन्।

न्यू साउथ वेल्स र भिक्टोरियाको ५०० किलोमिटर क्षेत्रमा आपत्‍कालीन स्तरका एक दर्जनभन्दा बढी डढेलो लागेको छ।

बाटेमान्स बे

बुवा र छोरा अनुमान गरिएका दुई जनाको शव कोवार्गो सहरमा फेला परेको थियो। सो सहरको मूल सडकमा मङ्गलवार ठूलो आगलागी भएको थियो।

अधिकारीहरूले अन्य पाँच जना हराइरहेको बताएका छन्।

भिक्टोरियाका राज्य प्रमुख ड्यान्यल एन्ड्र्यूजले जलसेनाको जहाजलाई सडक बन्द भएका सहरहरूमा खाना, पानी र बिजुली उपलब्ध गराउन बोलाउन सकिने बताएका छन्। त्यहाँको मुख्य राजमार्ग बन्द गरिएको छ।

"सडक बन्द भएका कारण एक्लिएका केही स्थानहरूमा समुद्रको बाटो जान सकिन्छ," उनले भने।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

अधिकारीहरूले ती स्थानका मानिसहरूलाई यथास्थानमा रहन आग्रह गरेका छन्। उनीहरूलाई सोमवार उद्धार गर्न "ढिलो र खतरनाक" भएको बताइएको थियो।

अस्ट्रेलियामा उच्च तापक्रम, वायु र बिजुली चम्किरहेका कारण डढेलो बढेको छ।

'हामी पानीमा हाम फाल्न तयार थियौँ'

न्यू साउथ वेल्थका पर्यटकीय सहरहरू बेर्मागुई र बाटेमान्स बेका बासिन्दाहरू मङ्गलवार बिहानै समुद्र किनारतर्फ लागेका छन्।

उनीहरूले बीबीसीलाई समुद्रको किनारामा खरानीको वर्षा भएको बताएका छन्।

"साह्रै डरलाग्दो स्थिति छ। आकाश रातै छ र जताततै खरानी उडेको छ," जो सिमोन्सले भने।

अग्निनियन्त्रकहरू तटीय क्षेत्रमा उपस्थित छन्।

Map
Presentational white space

प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियामा आगो र डढेलोहरू नियन्त्रणबाहिर जान थालेपछि त्यहाँको सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सीअस पुगेको छ।

भिक्टोरियामा मात्रै ४,००० मानिसहरू समुद्री तटमा रहेको बताइएको छ।

त्यहाँ गत २४ घण्टामा २०० भन्दा बढी स्थानमा नयाँ आगो लागेको बताइएको छ।

अस्ट्रेलिया डढेलो