कोकेनका २४६ प्याकेट निलेका यात्रीको विमानमै मृत्यु

सनोरा
Published
पढ्ने समय: १ मिनेट

लागुऔषध कोकेनका २४६ वटा प्याकेट निलेका एकजना जापानी यात्रीको मेक्सिको सिटीबाट उडेको विमानमै मृत्यु भएको छ।

उक्त विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।

तर ती यात्रीको मस्तिष्कमा समस्या देखिन थालेपछि मेक्सिकोको सनोरा राज्यमा विमानको आपत्‌कालीन अवतरण गराउनुपर्‍यो।

अधिकारीहरूका अनुसार अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्याका कारण उदो एन नाम गरेका ती यात्रीको ज्यान गएको हो।

पोस्टमार्टम

कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरु गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए।

सनोराका महान्यायाधिवक्ताले जारी गरेको एउटा वक्तव्य अनुसार साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइ भएका कोकेनका प्याकेटहरू ती व्यक्तिको पेटमा रहेको पोस्टमार्टबाट देखिएको थियो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

एरमोसिल्यो नगरमा विमानलाई आपत्‌कालीन अवतरण गराइए पनि पछि बाँकी १९८ जना यात्रीले गन्तव्यसम्मको यात्रा गर्न पाएका थिए।

मेक्सिकोका सङ्घीय अधिकारीहरूले घटना बारेको अनुसन्धानलाई अगाडि बढाउनेछन्।