यात्राले तपाईँको स्वास्थ्यमा पुर्याउने ६ फाइदा के-के हुन्?

यात्रा, पदयात्रा
तस्बिरको क्याप्शन, यात्राले तपाईँको मानसिक र शारीरिक स्वास्थ्यमा फाइदा पुर्‍याउन सक्छ
Published

फुर्सदिलो समय यात्रा गर्नमा बिताउने हो भने त्यसले रमाइलो हुने मात्र होइन- तपाईँलाई शारीरिक र मानसिक स्वास्थ्यमा पनि फाइदा हुन्छ।

कुनै नयाँ शहर घुम्दै हुनुहुन्छ, सुन्दर दृष्यहरू हेर्दै हुनुहुन्छ वा गाउँको स्वच्छ हावामा सास फेर्दै हुनुहुन्छ।

तपाईँ यात्रा गर्न पाउने भाग्यमानीमा पर्नुहुन्छ भने थाहा पाउनुहोस् यात्राका यी ६ फाइदाहरू।

१. त्यसले तपाईँको मुटु स्वस्थ्य राख्छ

तपाईँ शहरमा बस्नुहुन्छ या प्रकृति अवलोकन गर्नुहुन्छ भने शायद तपाईँ दश हजार पाइला एकदिनमा हिँड्नुहुनेछ जुन करिब ६.५ किलोमीटर हुन्छ जुन मध्यमखाले राम्रो कसरत मानिन्छ।

हिँड्दा दृष्यावलोकन या अरु गतिविधि पनि गर्नुभयो भने तपाईँले आफ्नो स्वास्थ्य राम्रो बनाउनुहुनेछ।

खासगरी तपाईँको मुटुलाई त्यो असाध्यै राम्रो हुनेछ।

सन् १९४८ को फ्रामिङ्घम स्टडीले यही विषयमा केन्द्रित भएर केही महिलाहरूको सर्वेक्षण गरेको थियो र २० वर्षपछि उनीहरू कहाँ फेरि पुगेको थियो।

A group of friends taking a selfie with the Big Ben in London
तस्बिरको क्याप्शन, दृश्यावलोकन रमाइलोका साथमा कसरतको माध्यम पनि बन्न सक्छ

६ वर्षको एकपटक बिदा मनाउने महिलाहरूमा वर्षको दुईपटक बिदा मनाउने महिलाहरूको तुलनामा आठ गुणा बढी हृदयाघात या मुटुरोग भएको पाइयो।

मोटोपन र चुरोट खाने बानी नभएकाहरूमा गरिएको यो अध्ययन थियो।

न्यू योर्कको स्टेट विश्वविद्यालयले गरेको अर्को अध्ययनमा मुटुरोगको अत्यधिक जोखिममा रहेका १२ हजार पुरुषहरूको नौ वर्षसम्म अध्ययन गरिएको थियो।

वार्षिक बिदा नलिने मानिसहरूमा लिनेको तुलनामा हृदयाघातबाट मृत्यु हुने सम्भावना ३२ प्रतिशतले बढेको पाइयो।

२. त्यसले तपाईँलाई जवान रहन सहयोग गर्न सक्छ

An older couple enjoy a hiking trip
तस्बिरको क्याप्शन, यात्राले तपाईँको तनाव घटाउँछ भने त्यसले तपाईँको आयू पनि बढाउन सक्छ

ग्लोबल कोएलिशन अन एजिङ रिपोर्टका अनुसार तनावले बुढो हुने प्रक्रियालाई तीब्र बनाइदिन्छ।

उक्त संस्थाका अनुसार तनाव लिनु भनेको हरेक दिन कर्टिसोल हर्मोनको सुइ लिनु जत्तिकै हो जसले तपाईँको रोग प्रतिरोधात्मक शक्ति क्षीण गरिदिन्छ र एड्रीनल काम नगर्ने, टाउको दुख्ने र दिसा गडबड गराउने जस्ता समस्या ल्याइदिन सक्छ।

राम्रो के छ भने, घुम्न जाँदा तनाव मत्थर पार्न धेरै लामो समय लाग्दैन।

सन २०१२ मा ५०० मानिसहरूमा गरिएको एक्सपिडिया सर्वेक्षणमा घुम्न जाने मानिसहरूले एकदुई दिनमै तनावमुक्त अनुभव गर्न सक्छन् भनिएको थियो।

Men barbecue food as flames rise at a market stall in Marrakesh
तस्बिरको क्याप्शन, नयाँ परिस्थिति र वातावरणमा रम्दा तपाईँको मस्तिष्कलाई प्रोत्साहित गर्छ

सरे विश्वविद्यालय यूकेमा सन २००२ मा गरिएको एउटा अध्ययनमा घुमफिरको योजना बनाउनु र सहभागी हुनुले नै मान्छेहरूलाई खुशी तुल्याउँछ र त्यसले आफ्नो जीवनप्रति नै निकै खुशी बनाउँछ भनिएको थियो।

३. त्यसले तपाईँको दिमागलाई चुस्त राख्छ

यात्राले विभिन्न परिस्थितिसँग जम्काभेट गराइदिन्छ जसले हाम्रो दिमागलाई खुराक दिन्छ- नयाँ खाना, नयाँ वातावरण र सम्भवत फरक भाषा पनि।

स्थानीय संस्कृति र अरुका ठाउँहरूबारे जान्ने मौकाले हामीलाई थप चुस्त बनाउँछ।

र, त्यसले मस्तिष्कको अल्जाइमर्स जस्तो रोग लाग्ने समय पछाडि धकेल्न पनि सक्छ। ढिला पनि गराउन सक्छ।

पीट्सबर्ग स्कूल अफ मेडिसिनका डाक्टर पल डी नसबम भन्छन्, "यात्रा राम्रो औषधि हो।"

उनी भन्छन्, "नयाँ र फरक अनुभव र वातावरणले मानिसहरूको दिमागलाई चुनौति दिन्छ जसले मस्तिष्कको स्वास्थ्य प्रवरद्धन गर्न र जीवनसँग संघर्ष गर्न सहयोग गर्छ।"

४. त्यसले तपाईँको सृजनशीलता बढाउन सक्छ

अ टेक्निक फर प्रोड्युसिङ आइडियाज भन्ने किताबमा अमेरिकी विज्ञापनकर्मी विज्ञ जेम्स वेब योङले विद्यार्थीहरू र मार्केटिङ व्यवसायीहरूलाई दिएको सुझावमा तपाई नयाँ राम्रो विचार उत्पन्न गर्न चाहनुहुन्छ भने त्यसबारे सोच्न छोडिदिनोस् भनेका छन्।

नयाँ विचार आकाशबाट खस्छन् भन्ने उनको भनाइ पक्कै होइन बरु त्यसको उल्टो पो हो।

A woman with a cat in her arms and smoking a cigar in Cuba
तस्बिरको क्याप्शन, मस्तिष्कलाई केही समय आराम दिँदा त्यसले सृजनात्मकता बढाउन सक्छ

किनभने अरु नै कुनै काम गरिरहेका बेला झिलिक्क विचार आउन सक्छ।

अहिले स्नायू वैज्ञानिकहरूले पत्ता लगाइसकेका छन्, नयाँ वातावरण र अनुभवले हाम्रो मस्तिष्कलाई पुनर्ताजगी गरिदिन्छन्।

कग्निटिभ फ्लेग्जिबिलिटी भनिने मस्तिष्कको यो शक्ति विचारहरू उत्पन्न गर्ने क्षमतासँग प्रत्यक्ष सम्बन्धित छ।

विख्यात लेखकहरू पल गगीन, अर्नेष्ट हेमिङवे र इगर स्ट्र्याभिन्स्कीले विदेशमा रहँदा गरेको काम असाध्यै राम्रामा गनिन शायद संयोग मात्रै नहुन सक्छ।

५. त्यसले तपाईँको उत्पादकत्व बढाउँछ

अहिलेको कार्यक्षेत्रमा कामको बोझको मारमा पर्नु भन्ने महामारी जत्तिकै छ।

वास्तवमा त्यो त कामदारहरूमाथि पर्ने बोझ मात्र होइन स्वास्थ्य प्रणालीमाथि पनि बोझ हो।

अमेरिकन इन्स्टीच्यूट अफ स्ट्रेसको अनुमान अनुसार अमेरिकी उद्योगको तनाव सम्बन्धी खर्च ३०० अर्ब डलर प्रति वर्ष छ।

राम्रो स्वास्थ्यको स्नायूविज्ञानबारे लेख्दै आएकी डा. शीमी काङ कहिलेकाहीँ कामको बोझ कम गर्दा त्यसले मस्तिष्कलाई पहिलेकै स्थितिमा धेरै काम गर्न सक्नेमा फर्काइदिन्छ र जसले समस्या समाधान गर्न र विचार एक अर्कातिर जोड्न सहयोग गर्छ।

६. त्यसले तपाइँकै व्यक्तिगत विकास पनि प्रवर्द्धन गर्न सक्छ

A young woman enjoying the view at a mountain peak in Asia
तस्बिरको क्याप्शन, A relaxing trip can help you see things more clearly

तपाईँ जवान हुनुहुन्छ, केही समय विदेश बसेर काम गर्ने मौकाको खोजीमा हुनुहुन्छ भने अध्ययनहरूले देखाएका छन् त्यसले तपाईँको व्यक्तित्व विकासमा ठूलो फाइदा पुर्‍याउन सक्छ।

जर्मनीको फ्रेडरिक-स्किलर-युनिभर्सिट्याटका डा. जुलिया जिम्मरम्यान र डा. फ्रान्ज नेयरले कम्तीमा एक सेमेस्टर विदेशमा गएर पढेका विश्वविद्यालका ३ हजार विद्यार्थी र यात्रा नगर्ने समूहसँग तुलना गरेर हेरेका थिए।

A group of young women excited about being in Italy
तस्बिरको क्याप्शन, Living abroad can boost self-confidence

आफ्ना अध्ययनका बेला यात्रा गर्न नचाहनेका तुलनामा बाहिर पढेकाहरू बहिर्मुखी पाइए।

यात्रा गरेकाहरूले नयाँ अनुभवप्रति उदार र नयाँ ठाउँमा सम्हालिन सक्ने क्षमता बढेको देखायो।

त्यसैले जुनसुकै उमेर समूह र यात्राको शैली भए पनि केही समय निकालेर फुर्सदको समयमा यात्रा गर्नेहरू फाइदामा हुने देखिन्छ।