तातोपानीमा प्रचण्ड: किन तात्यो सामाजिक सञ्जाल

प्रचण्ड र बादल
Published
पढ्ने समय: २ मिनेट

सोमबार म्याग्दीको तातोपानी कुण्डमा खिचिएको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापा (बादल)को तस्बिरले सामाजिक सञ्जाल तात्तिन धेरैबेर लागेन।

प्रचण्डको निजी वेबसाइटका अनुसार उनी पत्नी सीताको उपचारको सिलसिलामा प्राकृतिक चिकित्सालयको रूपमा समेत चिनिने तातोपानी पुगेको बताइएको छ।

प्रयोगकर्ताहरूले भने त्यसलाई आ-आफ्नै ढंगले केलाए।

तीमध्ये कतिपयले घुम्न गएको ठाने।

प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रचण्डको घुमघामप्रति भएका आलोचनाको प्रतिरक्षामा ट्वीट गरे।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

तर भ्रमणमा गृहमन्त्री रामबहादुर थापा समेत हुनु र सरकारी हेलिकप्टर प्रयोग भएको भन्दै निजी काममा सरकारी स्रोतसाधन प्रयोग भएको भन्दै असन्तुष्टी पोख्नेहरू समेत थिए।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

पत्रकार कुन्द दीक्षितले चिनियाँ कम्युनिष्ट नेता माओको उस्तै झल्को आउने तस्बिर साथमै राखेर इतिहास ठट्टाको रूपमा दोहोरिएको भनी लेखे।

म्याग्दीमै रहेको गलेश्वर धाम समेत पुगेर पूजा गरेको तस्बिरहरू देखिएपछि भने द्वन्द्वकाल सम्झिएका पोष्टहरू पनि धेरै देखिएका थिए।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

प्रचण्ड र गृहमन्त्री थापाको स्नानका क्रममा देखिएको ठूलो पेटले उनीहरूको स्वास्थ्यबारे चासो पोख्नेहरू समेत थिए।

नेताहरू सधैँजसो राजनीतिक गतिविधि र भेटघाटमा मात्र केन्द्रीत हुँदा उनीहरूले आफ्नाबारे सोच्ने समय कम पाउने र त्यसको असर उनीहरूले लिने ठूला निर्णयमा समेत देखिने भन्दै बेलाबखत चर्चा हुनेगर्छ।

नेताहरू समय समयमा व्यक्तिगत वा पारिवारिक समय बिताउन बिदा बस्नैपर्ने कुरा उठ्नेगर्छ।

तर सर्वसाधारणका आम सरोकारका बाटोघाटो, महङ्गी, जनस्वास्थ्यजस्ता विषयहरू गुणस्तरीय नहुँदा सर्वसाधारणमा उत्पन्न नैराश्यता नेताहरूका यस्ता व्यक्तिगत जीवनमा ठोकिने पाइएका छन्।