भारत: एटीएममा छिरेर 'मुसाले काटे लाखौँ रुपैयाँ'

मुसा

तस्बिर स्रोत, Getty Images

Published
पढ्ने समय: १ मिनेट

भारतको पूर्वोत्तर राज्य आसाममा एउटा एटीएम बिग्रेपछि जाँच गर्न प्राविधिकहरू खटाइए। उक्त एटीएम खोलेपछि उनीहरू छक्क परे।

किनभने भारु १२ लाखभन्दा बढी मूल्यका नोटहरू काटिएको अवस्थामा भेटिए।

तीनसुकिया जिल्लास्थित स्टेट ब्याङ्क अफ इन्डियाको सो एटीएममा पाँच सय र दुई हजार दरका ती नोटहरू मुसाले काटेको शङ्का गरिएको छ।

हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार तार लैजान पारिएको एउटा प्वालबाट मुसाहरू छिरेको अनुमान प्रहरीको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

मुसाले काटेका नोटको थुप्रोका तस्बिरहरू धेरैले सामाजिक सञ्जालमा हालेका छन्।

त्यस्तै एउटा तस्बिरमा एउटा मरेको मुसो फोहोरको खातमा पल्टेको देखिन्छ।

एक जना प्रहरी अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले उक्त एटीएमले १२ दिनदेखि काम नगरेको बताएको छ।

प्राविधिकहरूले झन्डै १७ लाख भारतीय रुपैयाँ भने सकुशल निकालेको बताइएको छ।