भारतः बालिका बलात्कार गर्नेलाई अबदेखि मृत्युदण्डको सजाय

भारतमा बलात्कार

तस्बिर स्रोत, Getty Images

Published

भारत सरकारले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने कार्यकारी आदेश पारित गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिमण्डलको एउटा विशेष बैठकबाट त्यस्तो कार्यकारी आदेश अनुमोदन गरिएको हो।

भारतमा शृंखलाबद्ध रूपमा भइरहेका बालिका बलात्कारका घटनाहरूप्रति व्यापक विरोध भइरहेका बेला सरकारले यस्तो निर्णय लिएको हो।

तीमध्ये केही घटनामा सत्ताधारी भारतीय जनता पार्टी-बीजेपीका सदस्यहरू पनि संलग्न रहेको बताइएको छ।

भारतको दण्ड संहितामा गरिएको पछिल्लो संशोधन १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्ने जोकोहीका हकमा लागू हुनेछ।

सन् २०१६ मा बालिका बलात्कारसम्बन्धी झण्डै १९ हजार घटना भारतमा दर्ता भएको सरकारी आँकडाले देखाउँछ।

अर्थात् प्रत्येक दिन ५० भन्दा बढी त्यस्ता घटना दर्ता भएका थिए।

हालैका घटना

भारतमा बलात्कार

तस्बिर स्रोत, Getty Images

हालै जम्मू कश्मीरको कठुआमा एकजना आठ वर्षीया बालिकामाथि बलात्कार भएको थियो।

गुजरात राज्यको सुरत शहरमा एक बालिकालाई बलात्कारपछि हत्या गरिएको थियो।

उत्तर प्रदेशको उन्नाव शहरमा पनि एकजना किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ।