'उत्तर कोरियाको छैठौं आणविक परीक्षण'

हाइड्रोजन बम

तस्बिर स्रोत, REUTERS/KCNA

तस्बिरको क्याप्शन, उत्तर कोरियाली नेता किम जङ उनले हाइड्रोजन बम निरिक्षण गरेको भनिएको केही घण्टामा यो समाचार आएको छ
Published

उत्तर कोरियामा महशुस गरिएको विशाल भूकम्प छैठौं आणविक परीक्षणका कारण आएको जापानले बताएको छ।

अमेरिकी भूगर्भविदहरुले उत्तर कोरियाको उत्तर पूर्वी क्षेत्रमा मापन गरिएको ६.३ म्याग्नीच्यूडको भूकम्प "संभावित विष्फोटनको" भएको बताए।

उक्त क्षेत्र उत्तर कोरियाले यस अघि आणविक परिक्षण गर्दै आएको क्षेत्र हो।

भूकम्प उत्तर कोरियाली नेता किम जङ उनले नयाँ प्रकारको हाइड्रोजन बम निरिक्षण गरिरहेको तस्बिर त्यहाँको राज्य सञ्चालित मिडियाले सार्वजनिक गरेको केही घण्टामा आएको छ।

आपतकालीन बैठक

पुंगे-री

तस्बिर स्रोत, EPA/USGS

तस्बिरको क्याप्शन, अमेरिकी युएसजीएसले भूकम्प आएको क्षेत्र पंगे-री परीक्षणस्थल नजिकै रहेको बताएको छ

राज्य सञ्चालित सञ्चार माध्यमले उक्त बम ब्यालेष्टिक क्षेप्यास्त्रमा जडान गर्न सकिने किसिमको भएको बताएको थियो।

दुवै दावीको स्वतन्त्र पुष्टि भइसकेको छैन।

दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाको पंगे-री आणविक परिक्षण क्षेत्र रहेको किल्जु काउण्टीमा भूकम्प गएको बताएका छन्।

लगत्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक गरेका थिए।

चीनको भूकम्प सम्बन्धी निकायले भूकम्प संभवत विष्फोटका कारण आएको बताएको छ।