राष्ट्रपति ट्रम्पद्वारा सुरक्षा खर्च बढाउने प्रस्ताव

ट्रंप

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्रंपको योजनाबारे अमेरिकी कंग्रेसमा महिनौंसम्म वहस चर्किन सक्छ।
Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षा खर्च बढाउँदै वातावरण संरक्षण लगायतका कार्यक्रममा खर्च कटौती गर्ने प्रस्ताव सहितको बजेट योजना सार्वजनिक गरेका छन्।

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई प्राथमिकतामा छुटाइएको छैन।

राष्ट्रपति ट्रम्पको दश खर्ब डलरको बजेट योजनाले राष्ट्रिय सुरक्षालाई महत्व दिने भनेको छ।

प्रस्ताव

उनले सैन्य खर्च दश प्रतिशतले बढाउने र मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने परियोजनालाई खर्च छुट्याउने प्रस्ताव गरेका छन्।

तर अमेरिकी विदेश मन्त्रालयले दिंदै आएका वैदेशिक सहायता कार्यक्रम र वातावरण संरक्षणका योजनामा खर्च घट्ने भनिएको छ।

ट्रम्पको योजना अनुसार संघीय प्रशासन र चिकित्सकीय अनुसन्धानका क्षेत्रका गरिदै आएका खर्च काटिने भएको छ।

उनको प्रस्तावप्रति केही रिपब्लिकन राजनीतिज्ञहरुले आपत्ती जनाइसकेका छन्।

फलस्वरुप अमेरिकी कंग्रेसमा यसबारे महिनौंसम्म बहस चर्किन सक्छ।

ट्रम्पले सुरक्षालाई प्राथमिकता दिइएको बताएपनि डिमोक्रेटहरुले प्रतिरक्षातर्फ पैसा बढाइएको भन्दै आलोचना गरेका छन्।