आर्जेन्टिनामा जब एउटा नहर 'रगतको खोलो' जस्तो देखियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
आर्जेन्टिनामा जब एउटा नहर 'रगतको खोलो' जस्तो देखियो
Published

आर्जेन्टिनाको राजधानी ब्वेनोस आइरीजको बाहिरी भाग हुँदै बग्ने एउटा नहर गत साता रातो रङ्गको देखिएपछि स्थानीयवासीहरू छक्क परे। उक्त नहर 'रिओ डे ला प्लाटा' नामक नदीमा गएर मिल्छ।

स्थानीय सञ्चारमाध्यमले कपडा रङ्ग्याउने पदार्थ वा रासायनिक फोहोर नहरमा फालिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

एक स्थानीय महिलाले गाढा रातो रङ्गका कारण 'रगतको खोलो' बगे जस्तो देखिएको बताइन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।