'एकछिन दिउँसै रात पर्‍यो': उत्तरी गोलार्धमा दुर्लभ सूर्यग्रहण हेरेर मानिसहरू दङ्ग

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'एकछिन दिउँसै रात पर्‍यो': उत्तरी गोलार्धमा दुर्लभ सूर्यग्रहण हेरेर मानिसहरू दङ्ग
'एकछिन दिउँसै रात पर्‍यो': उत्तरी गोलार्धमा दुर्लभ सूर्यग्रहण हेरेर मानिसहरू दङ्ग
Published

युरोप, उत्तर अफ्रिका र उत्तर अमेरिकामा सन् १९९९ पछिकै सबैभन्दा ठूलो सूर्यग्रहण देखिएको छ।

लाखौँ मानिसहरूले दिउँसै 'रात' परे जस्तो देखिने उक्त खगोलीय परिघटना रमाएर हेरे।

बुधवार पृथ्वी, चन्द्रमा र सूर्य एउटै रेखामा आउँदा उत्तरी गोलार्धका केही भागहरूमा केही बेर अँध्यारो छायो।

आइसल्यान्ड र स्पेनबाट दुर्लभ खग्रास अर्थात् पूर्ण सूर्यग्रहण देखिएको थियो भने अन्यत्र खण्डग्रास ग्रहण देखिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।