आमाछोरालाई मारेपछि ‘धुर्बे’ हात्तीमा ‘रेडिओ कलर’ लगाइने

आमाछोरालाई मारेपछि ‘धुर्बे’ हात्तीमा ‘रेडिओ कलर’ लगाइने
    • Author, कमल परियार
    • Role, भिडओ पत्रकार, बीबीसी न्यूज नेपाली
    • Author, ईश्वर जोशी
    • Role, चितवन
  • Published

चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले गत सातादेखि 'धुर्बे' नामको जङ्गली हात्तीलाई खोजिरहेका छन्।

'धुर्बे'को आक्रमणमा परेर भरतपुर महानगरपालिका-२३ बेलहट्ठामा आमाछोराको मृत्यु भएपछि खोजी तीव्र पारिएको भए पनि अहिलेसम्म यो हात्ती फेला पार्न नसकिएको निकुञ्जले जनाएको छ।

विस २०७० सालयता निकुञ्ज आसपासका क्षेत्रमा हालसम्म हात्तीको आक्रमणबाट झन्डै ३० जनाको ज्यान गुमिसकेको छ। तीमध्ये 'धुर्बे' हात्तीले मात्र आधाभन्दा धेरैको ज्यान लिएको निकुञ्जका अधिकारीको अनुमान छ।

विगतमा पनि सरकारको निर्देशनअनुसार 'धुर्बे' हात्तीलाई नियन्त्रण गर्न धेरै स्रोतसाधन परिचालन गरिए पनि प्रयास सफल हुन नसकेको बताइन्छ।

तर यस पटक भने 'धुर्बे'को सास्तीबाट जोगिन 'रेडिओ कलर' जडान गर्ने निकुञ्जको तयारी छ।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।