भारतमा इन्स्टाग्राममा बालयौनदुर्व्यवहार देखाउने विज्ञापन राखिएको खुलासा

भारतमा इन्स्टाग्राममा बालयौनदुर्व्यवहार देखाउने विज्ञापन राखिएको खुलासा
Published

इन्स्टाग्रामले भारतमा बालयौनदुर्व्यवहार देखिने सामग्रीलाई विज्ञापनका रूपमा प्रवर्द्धन गरेको र यसबाट पैसा कमाइरहेको 'बीबीसी आई'को एउटा नयाँ अनुसन्धानले खुलासा गरेको छ।

यी विज्ञापनले प्रयोगकर्ताहरूलाई सन्देश आदानप्रदानका लागि प्रयोग गरिने एप 'टेलिग्राम'मा पुर्‍याउने गर्छन् र त्यहाँ प्रयोगकर्ताहरू दुर्व्यवहारको भिडिओ किन्न सक्छन्।

आफ्नो इन्स्टाग्राम फीडमा यस्ता विज्ञापन देखेपछि बीबीसी संवाददाता दिव्या आर्याले भारतको साइबर प्रहरी, मेटाका एक भूतपूर्व अधिकारी र अवकाशप्राप्त न्यायाधीशसँग कुरा गरी अनुसन्धान गरेकी हुन्।

मेटाले आफ्ना नीतिहरूको उल्लङ्घन गर्ने सामग्री आफ्ना प्ल्याट्फर्मबाट हटाउने र यस्ता सामग्रीबारे अधिकारीरूलाई पनि जानकारी दिने बताउँदै जानाजान यस्ता सामग्रीलाई प्रवर्धन गरिएको आरोप अस्वीकार गरेको छ।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।