तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एल निन्योका कारण वर्षा हुँदा मरुभूमिमा फूल फुल्यो
एल निन्योका कारण ठूलो वर्षा भएपछि पृथ्वीका सबैभन्दा सुक्खा ठाउँहरूमध्ये एक मानिएको आटाकाम मरुभूमि फूलहरूले ढकमक्क ढाकिएको छ।
उत्तरी चिलीमा रहेको उक्त मरुभूमि एन्डीज पर्वतशृङ्खला र प्रशान्त महासागरको बीचमा अवस्थित छ।
बीउ र कन्दहरू वर्षौँसम्म निष्क्रिय अवस्थामा रहन सक्छन्। तर पर्याप्त मात्रामा वर्षा भयो भने ती उम्रिन्छन् र फूल फुल्न थाल्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।