वर्षौँ लगाएर सिक्का जम्मा गरेर भारतमा एक व्यक्तिले स्कूटर किने

Published
पढ्ने समय: १ मिनेट

तेलङ्गाना भारतका एकजना व्यक्तिले १० रुपैयाँका हजारौँ सिक्का वर्षौँ लगाएर सङ्कलन गरेर एउटा स्कूटर किनेका छन्।

स्कूटरको पूरा मूल्य भारतीय रूपैयाँ १२३००० (करिब १३०० अमेरिकी डलर) उनले सिक्कामा नै तिरेका थिए।

बोद्दु रवि जोसेफले ल्याएको सिक्का गन्न स्कूटर पसलेका कर्मचारीलाई घण्टौँ लागेको थियो।

उनले तरकारी किन्दा वा खाद्यान्न किन्दा फिर्ता पाउने गरेका दश रुपैयाँका सिक्का जम्मा गर्ने उनको दैनिक काम भएको थियो।

उनको परिवारले सुरुमा मन नपराए पनि पछि समर्थन गरेको उनले बताए।

एक भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।