के हाम्रो सौर्यमण्डलमा नवौँ ग्रह पनि छ

के हाम्रो सौर्यमण्डलमा नवौँ ग्रह पनि छ

तपाईँलाई हाम्रो सौर्यमण्डलमा कतिवटा ग्रह छन् भन्ने थाहा छ?

सम्भवतः तपाईँ आठ वटा छन् भन्ठान्नुहुन्छ। तर केही खगोलविद्हरू सौर्यमण्डलमा थप एउटा ग्रह हुन सक्ने अनुमान गर्छन्।

उनीहरूका अनुसार उक्त खगोलपिण्ड प्लूटोभन्दा निकै ठूलो र सौर्यमण्डलको बाह्यभागमा रहेर त्यसले सूर्यलाई परिक्रमा गरिरहेको हुन सक्छ। पहिला नौवटा ग्रह रहेको मानिन्थ्यो तर पछि प्लूटो ग्रहको श्रेणीबाट घटुवामा पर्‍यो।

उनीहरू 'प्लानिट नाइन' भनिने गरेको उक्त ग्रह चाँडै फेला पर्न सक्ने ठान्छन्। हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।