अन्तर्राष्ट्रिय योग दिवस: महिनावारी भएको समयमा कस्ता योग आसन गर्न सकिन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, महिनावारी भएको समयमा कस्ता योग आसन गर्न सकिन्छ?
अन्तर्राष्ट्रिय योग दिवस: महिनावारी भएको समयमा कस्ता योग आसन गर्न सकिन्छ?
Published

महिनावारी भएका बेला योग गर्न हुन्छ कि हुँदैन भन्ने धेरैमा जिज्ञासा रहेको पाइन्छ।

मान्यताप्राप्त योग प्रशिक्षक प्रज्ञा जोशी महिनावारी भएका बेला शरीरलाई धेरै भार नपर्ने खालका योग आसन गर्न सकिने बताउँछिन्।

“कठिन खालका आसन गर्नाले महिनावारी भएका बेला झन् शरीरलाई गाह्रो बनाउन सक्छ त्यसैले अर्ध पतङ्गासन, पूर्ण पतङ्गासन र बालासन जस्ता सहज आसन गर्नुपर्छ” उनले बीबीसी न्यूज़ नेपालीलाई भनिन्।

जोशी महिनावारी भएका बेला योगका सबै आसन भने गर्न नहुने बताउँछिन्।

महिनावारी भएका बेला गर्न सकिने योग आसनबारे सृजना श्रेष्ठले प्रशिक्षक जोशीसँग कुराकानी गरेर बनाएको यो भिडिओ हेर्नुहोस्।

Yoga