चौध दिन हिँडेर काठमाण्डू आइपुगेका मिटरब्याज पीडित भन्छन्- ‘साहु महाजनले दिएको कष्टको तुलनामा यो त केही होइन’
चौध दिन हिँडेर काठमाण्डू आइपुगेका मिटरब्याज पीडित
Published
घर व्यवहारमा आवश्यक परेर स्थानीय साहु महाजनसँग लिएको ऋणको बोझमा थिचिएका मिटरब्याज पीडितहरू दुई साता हिँडेर तराईबाट काठमाण्डू आइपुगेका छन्।
पीडा बाँड्न र न्याय माग्न काठमाण्डूसम्म हिँडेर आएको उनीहरूले बताएका छन्।
मिटरब्याज पीडितहरू पटक–पटक न्याय खोज्दै काठमाण्डू आउने गरेका छन्।
यसपालि उनीहरू आएको बेला मङ्गलवार मन्त्रिपरिषद्ले मिटर ब्याज लिनेहरूलाई दण्डित गर्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको छ।
त्यसले पीडितहरूको घाउमा मलहम लाग्ला कि नलाग्ला प्रस्ट भइसकेको छैन।
काठमाण्डू आइपुगेका केही पीडितहरूको बिलौना हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओमा।
अनि यो पनि:




















