एर्लिङ होलानजस्तै देखिएकाले भाइरल भएकी रुसी मोडल
नर्वेका चर्चित फुटबल खेलाडी एर्लिङ होलानजस्तै देखिने रुसी मोडल आनास्तासिया कोस्त्रोमितिना सामाजिक सञ्जालमा भाइरल बनेकी छन्।
उनले होलानको हाउभाउको नक्कल गरेर बनाएको एउटा भिडिओ करोडौँ पटक हेरिएको छ।
सुरुमा पुरुष खेलाडीसँग आफूलाई तुलना गरेको मन नपराएकी आनास्तासियाले अहिले त्यसलाई सहज रूपमा लिन थालेकी छन्। ठूला व्यावसायिक ब्र्यान्डहरूले पनि उनीप्रति चासो देखाएका छन्।
उनले भर्खरभर्खरै फुटबल हेर्न थालेकी हुन्। उनी कुनै दिन होलानलाई भेट्ने आशा राख्छिन्।
विश्वकपमा उनले नर्वेलाई समर्थन गरिकी थिइन्। तर नर्वे क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



