तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हवाई हमला भएपछि साउदी विमानस्थलको अवस्था
साउदी अरबको रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई हमलाहरूमा परी कैयौँ मानिसहरूको मृत्यु भएको साउदी अधिकारीहरूले बताएका छन्।
साउदी सेनाका प्रवक्ताका अनुसार आइतवार उक्त विमानस्थलमा फेरि क्षेप्यास्त्र हमला हुँदा एक जनाको मृत्यु भयो भने ११ जना घाइते भए।
सो हमलामा यात्रुहरू बस्ने एउटा हलमा आगलागी पनि भयो। मृत्यु हुने व्यक्ति पाकिस्तानी नागरिक भएको बताइएको छ।
अघिल्लो दिन सोही विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको थियो अनि ३०० जनाभन्दा बढी मानिस घाइते भएका थिए।
यमनको हूथी विद्रोही समूहले ती आक्रमणहरू आफूले गरेको दाबी गरेको छ। उक्त समूहले यात्रुहरूलाई साउदी विमानस्थल र हवाईमार्ग प्रयोग नगर्न चेतावनी दिएको छ।
हूथी समूहले साउदी अरबलाई लक्ष्य गरी बलिस्टिक र क्रूज क्षेप्यास्त्रहरू तथा ड्रोनहरू प्रहार गरेको जनाएको छ।
यो भिडिओ शनिवार हवाई हमला भएपछि विमानस्थलमा खिचिएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।