हेर्दाहेर्दै सरकारी भवन दरम खोलामा गर्ल्यामगुर्लुम खस्यो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
हेर्दाहेर्दै सरकारी भवन दरम खोलामा गर्ल्यामगुर्लुम खस्यो
Published

बाग्लुङमा दरम खोलामा आएको बाढीले स्थानीय नगरपालिकाको एउटा भवन भत्काइदिएको छ।

प्रत्यक्षदर्शीहरूले नदीको किनारनजिकै रहेको उक्त भवन धसिएर तल खसेको देखिने भिडिओ खिचेका छन्। घटना हुँदा उक्त भवनमा कोही पनि थिएनन्।

गत महिना भदौमा हिमनदी खण्डित भएर भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि गत साता अविरल वर्षा भएपछि आएको बाढीमा नेपालका विभिन्न स्थानमा फेरि धनजनको क्षति भयो।

गत महिनाको घटनामा १,४०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने अझै हजारौँ मानिसहरूको अवस्था अज्ञात छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।