सहरमा 'टोर्नेडो' आएपछि सडकमा हुत्तिए सिसाका टुक्राटाक्री

सहरमा 'टोर्नेडो' आएपछि सडकमा हुत्तिए सिसाका टुक्राटाक्री
Published

चीनको अजोमा सहरमा 'टोर्नेडो' आएपछि सडकमा सिसाका टुक्राटाक्री हुत्तिएको देखिएको छ।

अनलाइन माध्यममा सार्वजनिक भिडिओहरूमा स्थानीयवासीहरू सुरक्षाका लागि घरभित्र पस्न हतारिएको देखिन्छ।

ठूलो आँधीबेहरी आउँदा सिसा फुटे र सडकभरि टुक्राटाक्री छरिए।

टोर्नेडोका कारण कम्तीमा ११ जनाको ज्यान गयो भने सयौँ घाइते भए।

यस क्षेत्रमा यस्तो घटना दुर्लभ हो। सरकारी सञ्चारमाध्यमका अनुसार सन् २०२१ मा अन्तिम पटक टोर्नेडो आएको थियो।

स्थानीय अधिकारीहरूले आपत्कालीन उद्धार तथा राहत कार्यक्रम सञ्चालन गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।