झन्डै १५ करोड रुपैयाँमा बिक्यो एआई रोबटले बनाएको चित्रकला

भिडिओ क्याप्शन सुरु हुँदैछ,
झन्डै १५ करोड रुपैयाँमा बिक्यो एआई रोबटले बनाएको चित्रकला
Published

एआई रोबटले बनाएको ब्रिटिश गणितज्ञ एलन ट्युरिङको चित्रकला १० लाख ८८,८०० अमेरिकी डलरमा बिक्री भएको छ। त्यो रकम १४ करोड ७३ लाख नेपाली रुपैयाँजति हुन आउँछ।

सदबीज् लिलामघरले त्यसलाई ऐतिहासिक भन्दै यो घटनाले "विश्वको कला बजारमा नयाँ बाटो खुलेको र ह्यूमनोइड (मानवाकृतिको) रोबटले बनाएको चित्रकलाको लिलाममा नयाँ मापदण्ड स्थापित भएको' जनाएको छ।

ट्युरिङलाई आधुनिक कम्प्युटिङ र आर्टिफिशल इन्टेलिजन्सका पिता मानिन्छ। दोस्रो विश्वयुद्धताका उनले नाजी जर्मनीले पठाएका गुप्त सन्देशका सङ्केत 'ब्रेक' गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।