८० वर्षे वृद्धाको पढ्ने रहर, दिइरहेकी छिन् कक्षा १२ को परीक्षा

भिडिओ क्याप्शन सुरु हुँदैछ, ८० वर्षकी रत्नकुमारी सुनुवार भन्छिन्, ‘पढ्नलाई उमेरले छेक्दैन, हिम्मत चाहिन्छ’
Published

उमेरले ८० वर्ष टेकेकी रत्नकुमारी सुनुवारको पढ्ने रहर बुढेसकालमा आएर साकार भएको छ।

रामेछाप जिल्लामा जन्मेहुर्केकी उनको बिहे २० वर्षको उमेरमा भयो।

घरधन्दा, खेतीपाती र सन्तानको लालनपालन गर्दै उमेर कटेको उनले पत्तो नै पाइनन्।

छोराछोरी ठूला भइसकेपछि ५४ वर्षको उमेरमा उनले प्रौढशिक्षा लिन थालिन्। तर १० कक्षा पूरा गर्न उनलाई वर्षौँ लाग्यो।

कोभिड महामारी सुरु भएपछि एसईई उत्तीर्ण भएकी उनले उच्च माध्यमिक शिक्षा पनि लिने अठोट गरिन्। अहिले उनी कक्षा १२ को परीक्षामा सहभागी भइरहेकी छन्।

रोचक कुरा के हो भने उनका नाति पनि उनीसँगै यसपालि १२ कक्षाको परीक्षामा सहभागी भएका छन्।

चार छोराछोरीकी आमा र सात नातिनातिनाकी हजुरआमा रत्नकुमारी सुनुवारले आफू जागिर खानका लागि नभएर बीचमै पढाइ छाड्ने किशोरकिशोरीलाई प्रेरणा दिन पढिरहेको बताउँछिन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडियो।

कक्षा १२ को परीक्षामा सहभागी हुँदै रत्नकुमारी सुनुवार।