मेकअप ब्यागमा परेवाले गुँड बनाएर बच्चा कोरल्यो

मेकअप ब्यागमा परेवाले गुँड बनाएर बच्चा कोरल्यो
Published

यूकेको एउटा सहरमा बस्ने मिमी स्ट्रेन्जरले छोटो यात्रापछि फर्किँदा घरभित्र आफ्नो स्नानकक्षमा राखिएको मेकअप ब्यागभित्र परेवाले गुँड बनाएको देखिन्।

उनले गुँड नहटाई परेवाको जोडीलाई 'पिजी' र 'किथ' नाम दिँदै उनीहरूलाई त्यहीँ बस्न दिइन्। परेवाको जोडीले अहिले दुइटा बच्चा कोरलेको छ।

यूकेमा गुँडमा परेवा बस्दै आएको छ भने त्यसलाई भत्काउन वा हटाउन पाइँदैन।

घरभित्र परेवा बस्न आएकाले मिमी पनि खुसी देखिन्छिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।