'त्यो जहाज खसेको देखेयता बिरामी परेर अहिले उच्च रक्तचापको दबाइ खानुपरेको छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'त्यो जहाज खसेको देखेयता बिरामी परेर अहिले उच्च रक्तचापको दबाइ खानुपरेको छ'
'त्यो जहाज खसेको देखेयता बिरामी परेर अहिले उच्च रक्तचापको दबाइ खानुपरेको छ'
Published

गत माघ एक गते भएको यती एअरलाइन्स विमान दुर्घटनालाई प्रत्यक्ष रूपमा देख्नेहरूलाई कस्तो आघात पुगेको होला?

आफ्नो घरमाथिबाट विमान उडेर आँखै अगाडि नजिकै खसेको देखेका मानिसहरू दुर्घटनाको करिब दुई महिनापछि सामान्य जीवनमा फर्कन कस्तो स‌ङ्घर्ष गरिरहेका होलान्?

सेती नदीको खोँचमा भएको उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो।

विमान दुर्घटनापश्चात् घटनाको अनुसन्धान, मृतक र मृतकका परिवारका लागि क्षतिपूर्तिका बारेमा अहिले छलफल भइरहेको छ।

तर त्यो दुर्घटनाले नजिकैका बस्तीका प्रत्यक्षदर्शीमा पारेको मनोवैज्ञानिक असरका बारेमा कमै कुरा हुने गरेको छ।

डर र त्रासमा बाँचिरहेका यस्ता केही परिवारसँग पोखरामा कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

अनि यो पनि:

Yeti plane crash