'विद्यालयमा शौचालयनजिकै प्याड बक्स भए सहज हुन्थ्यो'

'विद्यालयमा शौचालयनजिकै प्याड बक्स भए सहज हुन्थ्यो'
    • Author, सृजना श्रेष्ठ
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

विद्यालयको पाठ्यक्रममा महिनावारीको विषयलाई कक्षा चारदेखि नै समेटिएको छ। तर बालिकाहरूले महिनावारी स्वास्थ्यबारे जति शिक्षा पाइरहेका छन्, त्यसले उनीहरूलाई पुगेको छ कि छैन? पाउनुपर्ने ठ्याक्कै समयमा आवश्यक जानकारी पाइरहेका छन् कि छैनन्?

अनि बालिकाहरुले महिनावारीका बेला विद्यालय छाड्नुपर्ने अवस्थामा केकस्ता परिवर्तन भएका छन्?

'वाटर एड'ले सन् २००९ काठमाण्डूलगायत चार वटा जिल्लामा गरेको एक अध्ययनले ५३ प्रतिशत विद्यार्थीहरुले महिनावारीका बेला विद्यालय छुटाउने गरेको देखाएको थियो।

तीमध्ये धेरैजसोले महिनावारीका बेला सरसफाइका लागि चाहिने गोपनीयता र प्रशस्त पानीको अभाव रहेको बताएका थिए।

सन् २०२६ मा आउँदा पनि हामीले कुरा गरेका केही सामुदायिक विद्यालयहरूको अवस्थामा धेरै परिवर्तन भएको पाइएन। बालिकाहरूका लागि चाहिने शौचालयमा पूर्वधारहरु अझै पनि राम्ररी बनिनसकेको एक सामुदायिक विद्यालयकी नर्स सविता रेग्मी बताउँछिन्।

विद्यार्थीहरुले महिनावारी स्वास्थ्यसँग जोडिएका कस्ताकस्ता समस्या भोगिरहेका छन् र काठमाण्डू महानगरपालिकाले त्यो अवस्थामा सुधार गर्न के के गर्दै छ?

हेर्नुस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।