'पहिला रमाइलो गर्थ्यौँ, तर अहिले हाम्रो दिन युद्धमा बदलिएको छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेल गाजा युद्ध : गाजाका बालबालिका र वृद्धवृद्धा के भन्छन्?
'पहिला रमाइलो गर्थ्यौँ, तर अहिले हाम्रो दिन युद्धमा बदलिएको छ'
Published

इजरेलमा हमासले आक्रमण गरेपछि इजरेलले प्रत्याक्रमण गर्दा गाजामा युद्ध सुरु भएको पाँच महिना पुगेको छ।

यसबीचमा गाजामा बस्ने सर्वसाधारणहरू चरम भोकमरीमा र बमबारीको निरन्तर त्रासमा छन्।

गाजामा सर्वसाधारण मानिसको जीवनचर्या कसरी चलिरहेको छ भनेर बीबीसीले तीन जना मानिसहरूसँग कुराकानी गरेको छ।

बाह्रवर्षे बालिका मलाक, ६५ वर्षे वृद्धा समिरा र अल-शिफा अस्पतालका डा. मोहम्मद अल शेखसँग कुरा गरी बनाइएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।