७२ वर्षको उमेरमा एमए पास गरेकी बमकुमारीको उत्साह

भिडिओ क्याप्शन सुरु हुँदैछ,
७२ वर्षको उमेरमा एमए पास गरेकी बमकुमारीको उत्साह
Published

उमेरले सात दशक कटेपछि पनि त्रिभुवन विश्वविद्यालयबाट एमए पास गरेर यसै साता दीक्षित भएपछि रोल्पा, घापाकी बमकुमारी बुढा मगर यतिबेला चर्चामा छिन्।

विसं २०३० सालमा एसएलसी पास गरेकी बमकुमारीलाई स्नातकोत्तर उत्तीर्ण गर्न मात्र १४ वर्षजति लागेको थियो।

हाल काठमाण्डूको चन्द्रागिरि नगरपालिकामा आफन्तसँगै बस्ने बमकुमारी अविवाहित हुन्।

शिक्षण, सामुदायिक र सांस्कृतिक उत्थान तथा राजनीतिमा समेत अनुभव बटुलेकी बमकुमारीको निरन्तर अध्ययन गर्ने अठोट र उत्साह समेटेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।