रुसले इन्टरपोलको 'वान्टेड' सूची प्रयोग गरी आलोचकहरू पक्रने गरेको खुलासा

भिडिओ क्याप्शन सुरु हुँदैछ,
रुसले इन्टरपोलको 'वान्टेड' सूची प्रयोग गरी आलोचकहरू पक्रने गरेको खुलासा
Published

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलमा कार्यरत एक अधिकारीले 'बीबीसी आई एन्ड डिस्क्लोज'लाई उपलब्ध गराएका आन्तरिक दस्तावेजहरूले रुसले इन्टरपोलका नियम उल्लङ्घन गर्दै विदेशमा भएका मानिसलाई पक्राउ गराउने गरेको खुलासा गरेका छन्।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि लागु गरिएका रक्षात्मक उपायहरूलाई पनि रुसले छल्ने गरेको ती अधिकारीले बीबीसीलाई बताएका छन्।

इन्टरपोलले आफ्नो 'वान्टेड' सूचीमा राखेका व्यक्तिहरूको जीवनमा ठूलो उथलपुथल आएको पाइएको छ। तर रुसविरुद्ध उजुरी परेपछि निगरानी गर्ने इन्टरपोलको आन्तरिक तर स्वतन्त्र निकायले सयौँ मामिलामा सन्दिग्ध भनिएका व्यक्तिहरूलाई पक्राउ गरिदिन गरेको अनुरोध अस्वीकार गरिदिएको थियो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।