‘इजरेलबाट साथीहरूको शव नेपाल नआएसम्म दशैँ मनाउन सक्दिनँ’
‘इजरेलबाट साथीहरूको शव नेपाल नआएसम्म दशैँ मनाउन सक्दिनँ’
Published
एक महिना अघिमात्र 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरेल गएका लुइस रिजाल अहिले गहिरो शोकमा छन्।
उनीसँगै पढ्न गएकाहरूमध्ये १० जना साथीको मृत्यु भएको छ भने एक जना साथी हराइरहेका छन्।
गत शनिवार हमासले इजरेलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीसहित सयौँ मानिसको ज्यान गइसकेको छ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनरत उनी इजरेलमा ११ महिने ‘लर्न एण्ड अर्न’ कार्यक्रम पुरा नहुँदै उद्धार उडान मार्फत नेपाल फर्किएका हुन्।
इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी तनावका कारण इजरेलमा अलपत्र परेका २५३ नेपाली विद्यार्थीलाई सरकारले तेल अभिभबाट काठमाण्डू ल्याएको हो।
शुक्रवार बिहान नेपाल फर्किएका रिजालले हमास र इजरेलबीचको द्वन्द्वमा के के देखे र भोगे?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।




