चिडियाखानाभित्रै ढलेका रूखमा कुँदिएका जनावर
चिडियाखानाभित्रै ढलेका रूखमा कुँदिएका जनावर
Published
ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ढले पडेका रूखका मुढामा केही कलाकारहरूले त्यहाँ संरक्षित जनावरका विभिन्न आकृति बनाइरहेका छन्।
गत जेठ महिनाबाट विभिन्न जनावरहरू हेर्दै मूर्ति बनाइरहेका कलाकारहरूमध्ये एक विभूषण ताम्राकार भन्छन्, ''जनावरको फोटो हेरेर मूर्ति बनाउनभन्दा प्रत्यक्ष हेरेर बनाउँदा निकै रमाइलो र सजिलो हुँदोरहेछ।''
चिडियाखानाका काठबाट बन्ने मूर्तिलाई त्यहाँ अवलोकन गर्न आउने दर्शकले पनि हेर्न मिल्ने गरी राखिने चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले बताए।
हाल चिडियाखानामा १०८ प्रजातिका १,१५७ वटा जीवजन्तु संरक्षित छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ स्टोरी।






