तस्करबाट उद्धार गरिएका चिम्पान्जी चिडियाखानाको प्रदर्शनीमा
Published
झन्डै पाँच वर्षअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अत्यन्त दयनीय अवस्थामा उद्धार गरिएका दुई चिम्पान्जीलाई सदर चिडियाखानामा सुविधासम्पन्न नयाँ घरमा सारिएको छ।
मध्यअफ्रिकी मुलुक नाइजिरियाबाट टर्की हुँदै तस्करले ती चिम्पान्जीलाई नेपाल ल्याएका थिए।
नेपाल सरकारले चिम्पू र चम्पा नामका ती चिम्पान्जीलाई नाइजिरिया फिर्ता पठाउन पहल गरे पनि आवश्यक प्रमाण नपुगेका कारण यहीँ राख्नु परेको बताएको छ।
चिडियाखाना झन्डै ८२ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको घरमा प्रदर्शनीमा राखिएपछि उनीहरूको रेखदेख गर्दै आएका रामकाजी पहरीले खुसी व्यक्त गरेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।