गोपनीयतासम्बन्धी चुनौती सामना गर्दै होल्डिङ सेन्टरमा रहेका बाढीप्रभावित महिला

गोपनीयतासम्बन्धी चुनौती सामना गर्दै होल्डिङ सेन्टरमा रहेका बाढीप्रभावित महिला
    • Author, शक्तिमाया तामाङ
    • Reporting from, नुवाकोट
    • Author, सृजना श्रेष्ठ
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

भाद्र १० गते गएको भोटेकोसीको बाढीमा परेका विभिन्न जिल्लाका मानिसहरू विस्थापित भएका छन्। घरबार सबै गुमाएका बाढीपीडितहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

त्यस्ता होल्डिङ सेन्टरमा राखिएका महिलाहरूका लागि छुट्टै शौचालय र आवासदेखि गोपनीयताका कुरा निकै महत्त्वपूर्ण भएको त्यहाँ रहेका बाढीप्रभावित महिलाहरूले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

महिलाहरूका फरक आवश्यकता पूरा गर्न कसले के गर्नुपर्छ भन्ने प्रश्नमा नेपाल रेडक्रस सोसाइटीको लैङ्गिक तथा समावेशीकरण विभागकी सेफगार्डिङ संयोजक शुभेच्छा मानन्धर भन्छिन्, “महिलाहरूका लागि छुट्टै आवासका लागि केही गर्न पर्दैन, भइरहेकै आवासमा कुन महिला कुन पुरुषका लागि भनेर छुट्टाउन सक्छौँ।"

यस्तो प्राकृतिक प्रकोपपछि होल्डिङ सेल्टरहरूमा राखिएका महिलाहरू अन्य कस्ताकस्ता असहजता भोगिरहेका छन् र उनीहरूले भोगिरहेका चुनौतिलाई सम्बोधन गर्न कसले के गर्नुपर्छ?

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।