अपरिचित बालिकाको शिरमा छोएपछि वृद्धमाथि हातपात

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अपरिचित बालिकाको शिरमा छोएपछि वृद्धमाथि हातपात
Published

सिङ्गापुरमा एक ७३ वर्षीय वृद्धले एक अपरिचित बालिकालाई छोएपछिको अवस्था देखिने दृश्य अहिले 'भाइरल' बनेको छ।

भिडिओमा ती वृद्धले 'फूड कोर्ट'मा ती बालिकाको टाउकोमा छोएको देखिन्छ।

लगत्तै बालिकाकी आमा ठानिएकी महिलाले तत्कालै उनलाई रोकिन्। अनि एक पुरुषले ती वृद्धको प्रतिवाद गरे। ती व्यक्ति बालिकाको बुवा भएको ठानिएको छ।

यो घटनाबारे अहिले सिङ्गापुरमा निकै चर्चा भएको छ। धेरैले ती वृद्धलाई हातपात गर्ने पुरुषको आलोचना गरेका छन्। कतिपयले भने आमाबाबुको सहमतिबिना उनले बालिकालाई त्यसरी छुनु हुँदैनथ्यो भन्ने धारणा पनि राखेका छन्।

प्रहरीले यसबारे अनुसन्धान गरिरहेको बताएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।