सिरियाका विद्रोही नेता जोलानी जसमाथि अमेरिकाले १ करोड डलर इनाम राखेको छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
सिरियाका विद्रोही नेता जोलानी जसमाथि अमेरिकाले १ करोड डलर इनाम राखेको छ
Published

अबु मोहम्मद अल-जोलानी सिरियामा सक्रिय एउटा इस्लामवादी लडाकु समूहका प्रमुख हुन्। उनको समूह हायत तहरिर अल-शाम (एचटीएस) को नेतृत्वमा विद्रोहीहरूले राष्ट्रपति बशर अल-असदलाई सत्ताच्युत गरे।

गत आइतवार विद्रोहीहरूले राजधानी दमास्कस नियन्त्रणमा लिएपछि सिरियामा असद परिवारको ५० वर्ष पुरानो शासन ढल्यो।

जोलानीले केही वर्षदेखि आफूलाई नरमपन्थीका रूपमा प्रस्तुत गर्न खोजेका छन्। तर विगतमा उनको सम्बन्ध इस्लामिक स्टेट र अल-कायदासँग थियो।

संयुक्त राज्य अमेरिकाले उनको समूहलाई आतङ्ककारी सङ्गठन घोषणा गरेको छ। अमेरिकाले उनलाई पक्राउ गर्न सघाउने पक्षलाई एक करोड डलर इनाम राखेको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।