तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बेल्फास्टका घरहरूमा किन भयो आगजनी?
यूकेको नोर्दर्न आयरल्यान्डस्थित बेल्फास्टमा व्यक्तिको 'पृष्ठभूमिका आधारमा' मानिसहरूलाई तारो बनाउँदै घरहरूमा आगजनी गरिएको पाइएको छ।
स्थानीय दमकल सेवाका अनुसार ८ जुनमा भएको छुरा प्रहारको घटनापछि यस्ता ६२ वटा घटनामा आगो निभाउन सहयोग माग्दै उनीहरूलाई बोलाइएका थिए।
उक्त आक्रमणका सम्बन्धमा एक सुडानी पुरुषमाथि हत्या प्रयासको आरोप लगाइएको छ।
यसपछि सहरभरि आप्रवासीविरोधी हिंसा भड्किएको थियो।
यूकेका प्रधानमन्त्री किअर स्टार्मरले 'पृष्ठभूमिका आधारमा' मानिसहरूलाई तारो बनाइएको स्पष्ट भएको बताएका छन्।
छुरा प्रहारबाट घाइते भएका व्यक्तिलाई गम्भीर चोट लागेको छ र उनी अस्पतालमा उपचाररत छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।